शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेकपाका ६१ सांसद जुटे पार्टी नफुटाउन

नेकपाका ६१ सांसद जुटे पार्टी नफुटाउन

नागरिक पाटी

२६, श्रावण २०७७
  • 23.3K
    SHARES
  • नेकपाका ६१ सांसद जुटे पार्टी नफुटाउन

    काठमाडौं । शीर्ष नेतृत्वका कारण पार्टी विभाजनको डिलमा पुगेको भन्दै नेकपाका ६१ सांसदले कुनै गुटमा नलाग्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललाई एकताकै पक्षमा उभिन आग्रह गरेका छन्।

    images
    images

    ‘नेकपाको शीर्ष नेतृत्व तहमा देखा परेको गम्भीर अन्तरविरोधले एकातिर आम नेपाली जनता, तमाम कार्यकर्ता मर्माहत भएका छन्’, उनीहरूले आइतबार पत्रकार सम्मेलनमा सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा भनिएको छ, ‘अर्कोतिर दुई ठूला कम्युनिस्ट पार्टीहरूको एकता प्रक्रिया पूरा नहुँदै विग्रहतिर जाने सम्भावना बढेर गएको छ।’ एकता महाधिवेशनसम्म पार्टी विधान र एकताको भावना समेटिने गरी पार्टीलाई एकताबद्ध बनाउन सामूहिक पहलकदमी लिइएको उनीहरूको भनाइ थियो।

    संयुक्त अपिल गर्नेमा कृष्ण दाहाल, कृष्णभक्त पोखरेल, गणेश पहाडी, अञ्जना विशंखे, कल्याणी खड्का, अमनलाल मोदी, दीपकप्रकाश भट्ट, प्रेम आले, विशाल भट्टराई, झपट रावल, लालप्रसाद साँवा लिम्बू, सुदन किराँती, हेमकुमार राई, धर्मशिला चापागाईंलगायतका सांसद छन्। उनीहरूले पार्टी एकता विरोधी कुनै पनि गतिविधिमा संलग्न नहुने स्पष्ट पारेका छन्। अन्नपूर्ण दैनिकमा खबर छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २६, २०७७ सोमवार - ०७:११:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology