काठमाण्डौं । वीरगन्जमा कोरोनाभाइरस संक्रमणबाट थप एक जनाको निधन भएको छ । ४५ वर्षीया महिलाको मृत्युपछि कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । योसँगै वीरगन्जमा मात्र साउन महिनामा १८ जनाको निधन भएको छ । शनिबार राति नारायणी कोरोना विशेष अस्पताल गण्डकमा उनको उपचारको क्रममा निधन भएको हो । अस्पतालका संयोजक डा. उदय नारायण सिंहका अनुसार यी महिलालाई पहिले नै उच्च रक्तचाप र थाइराइडको समस्या थियो ।