शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

उपत्यकामा १३४ सहित देशभर ६३८ जनामा कोरोना संक्रमण पुष्टि

उपत्यकामा १३४ सहित देशभर ६३८ जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

२७, श्रावण २०७७
  • 6.0K
    SHARES
  • उपत्यकामा १३४ सहित देशभर ६३८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा ६३८ जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले ६३८ जना संक्रमित थपिएको जानकारी दिए ।

    images
    images

    २४ घण्टामा काठमाडौं उपत्यकामा १३४ जना संक्रमित देखिएका छन् । काठमाडौंमा ११० जना, ललितपुरमा १४ र भक्तपुरमा १० जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताए ।

    प्रवक्ता गौतमका अनुसार पछिल्ला २४ घण्टामा १०,४६२ पिसिआर परीक्षण गरिएको छ । १७१ जना कोरोना मुक्त भई डिस्चार्ज भएका छन् । जम्मा डिस्चार्ज हुनेको संख्या १६,६६४ जना रहेको छ । देशभर सक्रिय संक्रमितको संख्या ७,२०१ रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २७, २०७७ मंगलवार - १७:०८:२७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology