धादिङ । धादिङको गल्छी गाउँपालिका एक हप्तासम्म बन्द गरिने भएको छ । बुधबार गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठको अध्यक्ष्यतामा बसेको बैठकले गाउँपालिका भित्र साउन २९ गते देखि लागू हुने गरि अत्यावश्यक बाहेकका सबै सेवा एक हप्ता वन्द गरिने निर्णय गरेको छ ।
बैठकले अत्यावश्यक सेवा वाहेक गाउँपालिका अन्तर्गतका सम्पूर्ण व्यापार, व्यवसाय ,स्थानिय पसलहरु बन्द गर्ने निर्णय गरेको हो । त्यस्तै सार्वजनिक सेवा प्रवाह गर्ने गाउँपालिकाको कार्यलय वैरेनी, करदाता सेवा कार्यलय गल्छी, सम्पूर्ण बैँक तथा वितिय संस्थाहरु बिहिबारदेखी १ हप्ता बन्द गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
राजमार्ग प्रयोग गरि सवार गर्ने मालवाहक तथा अन्य गाडिहरुलाई अत्यावश्यक काम बाहेक गल्छी गाउँपालिकाको वडा नं ४ वेल्खु खोला देखि गल्छी–७ को खेस्टे खोलासम्म रोक्न नदिने, नदी तथा खोलाबाट बालुवा संकलन, उत्खनन गर्ने कार्य तथा फिरफिरे लगायतका उपयोगहरु १ हप्तासम्म बन्द गर्ने पनि निर्णय भएको छ ।
बैठकले कोभिड १९ को प्रभावलाई रोकथाम तथा न्युनिकरण गर्न गाउँपालिकाका नागरिकहरुलाई घरवाहिर निस्कदा मास्कको प्रयोगलाइ अनिवार्य गर्न,अत्यावश्यक काम बाहेक घरवाहिर मानिसहरु ननिस्कन,भिडभाड नगर्न आग्रह गर्दै मास्कको प्रयोग नगरि वाहिर हिड्नेलाइ एक सय जरिवाना गर्ने समेत निर्णय गरेको छ । गाउँपालिकामा अहिले सम्म कोरोना संक्रमितको सङ्ख्या ४ पुगेको छ ।
यस्तो छ सम्पुर्ण निर्णयहरु

