शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि, ६४ जना डिस्चार्ज

नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि, ६४ जना डिस्चार्ज

नागरिक पाटी

२८, श्रावण २०७७
  • 5.9K
    SHARES
  • नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि, ६४ जना डिस्चार्ज

    काठमाडौं । नोभेल कोरोना भाइरसका ४८४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४८४ संक्रमित थपिएका हुन् ।

    images
    images

    पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ६४ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १६ हजार ७२८ जना डिस्चार्ज भएका छन् । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६१४ रहेको छ । प्रदेश अनुसार प्रदेश १ मा ६१४ , प्रदेश २ मा ३ हजार ४५७ , वागमती प्रदेशमा १ हजार ५२४ , गण्डकीमा २४७ , प्रदेश ५ मा ६५७ , कर्णाली प्रदेशमा २२० र सुदूरपश्‍चि प्रदेशमा ८९४ सक्रिय संक्रमितहरु रहेका छन् ।

    पछिल्लो २४ घण्टामा १० हजार ४८१ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ४ लाख ७३ हजार १७९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म देशभर १४ हजार ८४६ जना क्‍वारेन्टिनमा रहेका छन् ।
    मंगलबार भने कोरोना संक्रमितको संख्याम अधिक वृद्धि भएको थियो । देशभर मंगलबार ६३८ संक्रमित थपिएका थिए भने १७१ जना डिस्जार्च भएका थिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २८, २०७७ बुधवार - १६:४४:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology