शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पत्रकार बानियाँको निधनबारे छानबिन गर्न महासंघको माग

पत्रकार बानियाँको निधनबारे छानबिन गर्न महासंघको माग

नागरिक पाटी

२८, श्रावण २०७७
  • 5.1K
    SHARES
  • पत्रकार बानियाँको निधनबारे छानबिन गर्न महासंघको माग

    काठमाण्डौं । नेपाल पत्रकार महासंघले दिवंगत पत्रकार बलराम बानियाँको निधनबारे छानबिन गर्न माग गरेको छ। बुधबार विज्ञप्ति प्रकाशित गरी महासंघले बानियाँको रहस्यमय ढंगले भएको निधनबारे गहिरो छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको हो।

    images
    images

    महासंघले पूर्व केन्द्रीय सचिव बलराम बानियाँको दुखद निधनले स्तब्ध भएको जनाएको छ। विगत तीन दशकदेखि नेपाली पत्रकारिता जगतमा महत्वपूर्ण योगदान पुर्‍याएका बानियाँ पछिल्लो समय कान्तिपुर राष्ट्रिय दैनिकको सहायक सम्पादकका रुपमा कार्यरत थिए।

    यही साउन २६ गते दिउँसोदेखि काठमाडौंबाट सम्पर्कविहीन रहेका बानियाँको शव मकवानपुरको सिस्नेरीस्थित माण्डु जलविद्युत आयोजना स्थलमा भेटिएको नेपाल प्रहरीले जानकारी दिएको छ।

    महासंघले पत्रकार बानियाँले पत्रकारिता क्षेत्रमार्फत लोकतन्त्र, मानव अधिकार, विधिको शासन, प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा तथा नागरिक अधिकारको पक्षमा पुर्‍याएको अतुलनीय योगदानको उच्च कदर गरेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २८, २०७७ बुधवार - १७:५५:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology