तस्वीर: श्रीधर न्यौपाने
काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीस्थित लामागाउँमा पहिरोले गाउँ बगाउँदा ३६ जना बेपत्ता छन्। सभामुख अग्नी प्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार ३६ जना बेपत्ता रहेको र अहिलेसम्म कसैलाई पनि निकाल्न नसकिएको बताएका छन्। सभामुख सापकोटा घटनास्थल पुगेका छन्।
घाइते आठको उद्धार गरेर थप उपचारका लागि चौतारा पठाइएको न्यौपानेकोबताएका छन। उनले भने, अहिले हामी घटनास्थमा छौं थप भन्ने अवस्थामा छैनौं।’ पहिरो अझै पनि जाने क्रम नरोकिएकोले उद्धारमा समास्या भएको प्रहरीले जनाएको छ। कति घर पुरियो र के कति हताहती भयो भन्ने यकिन गर्न कठिनाइ भएको छ । आज विहान ६ बजे गएको पहिरोले गाउँ बगाएको हो।