शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलसहितको टोली लिदीमा, मृतकको संख्या १३ पुग्यो

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलसहितको टोली लिदीमा, मृतकको संख्या १३ पुग्यो

नागरिक पाटी

३१, श्रावण २०७७
  • 5.7K
    SHARES
  • बागमती प्रदेशका मुख्यमन्त्री पौडेलसहितको टोली लिदीमा, मृतकको संख्या १३ पुग्यो

    काठमाण्डौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल शनिबार बिहानै पहिरो प्रभावित सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदी पुगेका छन्। प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल र प्रहरी अधिकारीसहित मुख्यमन्त्री पौडेल हेलिकप्टरमा त्यहाँ गएका हुन्।

    images
    images

    शुक्रबार बिहान पहिरो जाँदा लिदीमा ठूलो जनधनको क्षति भएको छ। पहिरोमा परेर अझै २५ जना बेपत्ता छन् भने १३ जनाको शव फेला परेको छ। बेपत्ता २७ मध्ये एक २ जनाको शनिबार बिहान शव फेला परेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए।

    ‘पहिरोमा हराइरहेका २५ जनाको शनिबार बिहानैदेखि खोजी चलिरहेको छ,’ एसपी महर्जनले बताएका छन। पहिरोले ३७ वटा घरमा क्षति पुगेको छ। त्यसमध्ये १३ वटा घरलाई पहिरोले कामै नलाग्ने गरी पुरेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिएका छन।

    पहिरोमा परेर घाइते भएका पाँच जनाको सदरमुकाम चौतारामा उपचार भइरहेको छ। ०७२ को भूकम्पले क्षतविच्छत भएको लिदीलाई पुनर्निर्माण प्राधिकरणले यसअघि नै बस्न अयोग्य घोषणा गरेको थियो। तर, सरकारले बस्ती स्थानान्तरणमा चासो नदेखाउँदा लिदीका नागरिकले ठूलो क्षति बेहोरेका छन्।

    पहिरो गएको बस्तीको निरीक्षण गर्न शनिबार गृहमन्त्री रामबहादुर थापा र सभामुख अग्नीप्रसाद सापकोटा पनि लिदी पुगेका थिए। उनीहरुले विस्थापितको पुनस्र्थापनामा सरकारले सहयोग गर्ने आश्वासन दिएका छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३१, २०७७ शनिवार - ११:१३:३२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology