शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६ हजार माथी

थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६ हजार माथी

नागरिक पाटी

३१, श्रावण २०७७
  • 4.7K
    SHARES
  • थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६ हजार माथी

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ११ हजार ४७ जनाको पिसिआर परीक्षण गरिएकोमा ४६८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    images
    images

    योसँगै देशभर कोरोना सङ्क्रमितको संख्या २६ हजार १९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । विगत २४ घण्टामा १२४ जना कोरोनाबाट निको भई घर फर्किएका छन् । हालसम्म १७ हजार २०१ जना कोरोनाबाट मुक्त भई घर फर्किएका गौतमले बताए ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाबाट हालसम्म नेपालमा मृत्यु हुनेको सङ्ख्या १०२ पुगेको छ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ८ हजार १९३ रहेको छ । मन्त्रालयका अनुसार हाल नेपालका विभिन्न क्वारेन्टिनमा १४ हजार ४४८ जना रहेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३१, २०७७ शनिवार - १६:४१:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology