काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । पर्सा, धनुषा र कपिलबस्तुमा एकरएक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार कपिलबस्तुको मायादेवी गाउँपालिका ७ का ४० वर्षीय पुरुषको मृत्यु भएको छ । पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका १२ का ६० वर्षका पुरुष र धनुषा जिल्ला जनकनन्दन गाउँपालिकाका ५० वर्षका पुरुषको मृत्यु भएको गौतमले बताए । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १०२ पुगेको छ ।