काठमाडौँ । काठमाडौँ उपत्यकमा पछिल्लो २४ घण्टामा थप ९८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा थप ९८ जनामा कोरोना पुष्टि भएको बताए । प्रवक्ता गौतमका अनुसार काठमाडौँमा ८० र भक्तपुर र ललितपुरमा ९÷९ जना गरी ९८ जनामा कोरोना पुष्टि भएको हो।