काठमाण्डौं । काठमाडौं उपत्यकामा थप १७२ जनामा कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १२६,ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । संक्रमित कुन ठाउँका हुन् भन्ने खुलाईएको छैन । पछिल्लो २४ घण्टामा देशभरमा ६४१ जना संक्रमित थपिएका छन् ।