काठमाण्डौं । नोभेल कोरोना भाइरसका ५८१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५८१ संक्रमित थपिएका हुन् । जसमा १७३ महिला र ४०८ पुरुष रहेका छन् । यो संगै नेपालमा हालसम्म संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ।