काठमाण्डौं । नोभेल कोरोना भाइरस संक्रमणबाट थप सातजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे, धनुषा, नवलपरासी, मोरङ, बाँके र कास्कीका एक(एक पुरुष र तनहुँकी एक महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।