शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

राष्ट्रिय झण्डा जलाउने घटनाका मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङ्गसहित ९ जना पक्राउ

राष्ट्रिय झण्डा जलाउने घटनाका मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङ्गसहित ९ जना पक्राउ

नागरिक पाटी

३, भाद्र २०७७
  • 7.6K
    SHARES
  • राष्ट्रिय झण्डा जलाउने घटनाका मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङ्गसहित ९ जना पक्राउ

    काठमाडौं । नेपालको राष्ट्रिय झण्डा जलाउने घटनाका मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङ्गसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गायक ग्याल्जोम दोर्जे तामाङ्गसहित लवाङ तामाङ, चलाखमान तामाङ, अनुज कुमार टिटुङ, हुत्तबहादुर तामाङ, कमल बहादुर तामाङसमेत रहेका छन् । समूहका ९ जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍युरो (सिआइबी)ले जनाएको छ ।

    images
    images

    देशद्रोही नामक उक्त भिडियो मंगोल होप अफिसियल नामक च्यानलमार्फत सार्वजनिक गरिएलगत्तै जनस्तरबाट कारबाहीको माग आएपछि प्रहरीले हिजो अनुसन्धान सुरु गरेको थियो ।

    मुलुकी अपराध संहिता, २०७४ अनुसार जात, जाति सम्प्रदाय वा वर्गको धार्मिक भावनामा आघात पु¥याएमा कसुर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान छ ।

    राष्ट्रिय गान, झन्‍डा वा निशान छापको अपमान वा क्षति गरेमा वा नेपाल वा नेपाल सरकारविरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झन्‍डा जलाउन, जानीजानी अपमान गरेमा यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी प्रावधान रहेको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३, २०७७ बुधवार - १२:५२:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology