शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

काठमाण्डौं उपत्यकामा आजबाट निषेधाज्ञा

काठमाण्डौं उपत्यकामा आजबाट निषेधाज्ञा

नागरिक पाटी

४, भाद्र २०७७
  • 9.4K
    SHARES
  • काठमाण्डौं उपत्यकामा आजबाट निषेधाज्ञा

    काठमाण्डौं । काठमाण्डौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आज बिहीबारबाट १० भदौसम्म निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी भएसँगै १० गतेसम्म बिनाकाम कुनै पनि नागरिक घरबाट बाहिर निस्कन पाइनेछैन भने अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द हुनेछन् । सोही अवधिसम्म उपत्यका बाहिरका विभिन्न जिल्लाबाट काठमाडौं उपत्यकामा भित्रनसमेत निषेध गरिएको छ ।

    images
    images

    काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखसहितको मंगलबारको संयुक्त बैठकले संक्रमितको संख्या बढ्दै गएपछि १० भदौसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

    तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३० बमोजिम निषेधाज्ञाको निर्णय गरेका हुन् ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निषेधाज्ञाभर बिनाकाम कोही पनि घरबाट निस्कन नपाइने र निस्किएको पाइए कानुनअनुसार कारबाही अघि बढाइने बताए ।

    ‘निषेधाज्ञाभर बिनाकाम कोही पनि घरबाट निस्कन पाउँदैनन्, बिनाकाम निस्किएको पाइए कानुनअनुसार कारबाही हुन्छ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहालले राजधानीसँग भने ।

    दाहालका अनुसार आदेशको उल्लंघन गरेमा स्थानीय प्रशसन ऐनअनुसार ५ सय रुपैयाँसम्म जरिमाना र १ महिनासम्म कैद सजाय हुनेछ । यस्तै, संक्रामक रोग ऐन अनुसार १ सय जरिमाना र १ महिना कैद हुन सक्नेछ ।

    निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवाबाहेक अरू सेवाहरू बन्द हुनेछन् । अत्यावश्यक सेवाअन्तर्गत स्वास्थ्य, सुरक्षा, सञ्चार, खाद्यान्न, पेट्रोलियम पदार्थ, फोहोर बोक्ने सवारी र औषधिजन्य सेवा बाहेक अरू सञ्चालन गर्न पाइनेछैन । यस्तै तोकिएकाबाहेकका व्यपार व्यवसाय बन्द हुनेछन् ।


    तर सबै प्रकारका यात्रुवाहक सवारी साधन बन्द हुनेछन् भने कुनै पनि मेला, महोत्सव, जात्रा पर्व सञ्चालन गर्न, मानिसहरू भेला तथा जम्मा हुन, भीडभाड हुन र सभाजुलुस गर्न पाइनेछैन । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ४, २०७७ बिहिवार - ०७:४८:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology