शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नौबिसे - नागढुंगा सुरुङ मार्गको मुख्य सुरुङ खन्ने कार्य सुरु हुँदै

नौबिसे - नागढुंगा सुरुङ मार्गको मुख्य सुरुङ खन्ने कार्य सुरु हुँदै

नागरिक पाटी

४, भाद्र २०७७
  • 18.5K
    SHARES
  • नौबिसे - नागढुंगा सुरुङ मार्गको मुख्य सुरुङ खन्ने कार्य सुरु हुँदै

    काठमाण्डौं । राष्ट्रिय प्राथमिकता प्राप्त नागढुंगा सुरुङ मार्गको मुख्य सुरुङ खन्ने कार्य सुरु हँुदै छ । सुरुङ निर्माणको ठेक्का पाएको जापानी ठेकेदार कम्पनीले तीन हप्तापछि सुरुङ खन्ने कार्य गर्ने सडक विभागले जनाएको छ ।

    images
    images

    विभागको बैदेशिक समन्वय महाशाखाका निमित्त प्रमुख रुपकराज भण्डारीले अबको २१ दिनपछि सुरुङको मुख्य सुरुङ खन्ने कार्य थाल्ने कार्ययोजना ठेकेदार पक्षले पेस गरेको जानकारी दिनुभयो । उहाँका अनुसार ठेकेदार कम्पनीले सुरुङ खन्न चाहिने मिसेनरी सामग्री ८० प्रतिशतको हारहारीलाई नेपाल ल्याइसकेको छ ।

    त्यसबाहेक नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनालाई अत्यावश्यक रुपमा चाहिने विस्फोटक पदार्थ खरिद प्रक्रिया थालेकाले कार्ययोजनाअनुसार काम हुनेमा ढुक्क रहेको उहाँले दाबी गर्नुभयो ।


    काठमाडौं उपत्यकाको मुख्य नाकाको रुपमा लिइने नागढुंगा नाकामा सवारी आवागमनलाई सहज पार्ने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरको सुरुङ मार्ग निर्माण गर्न लागिएको छ ।

    जापान सरकारको सहुलियत ऋण सहयोगमा बन्न लागिएको यस आयोजना निर्माणको ठेक्का जापानी निर्माण कम्पनी हाज्माआन्दो कर्पोरेसनले पाएको छ ।
    काठमाडौंको तोतिपाखा हुँदै धादिङको सिस्नेखोलासम्म सुरुङ मार्ग निर्माण हुनेछ । नेपाल समाचारपत्रमा खबर छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ४, २०७७ बिहिवार - ०८:००:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology