शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

देशका केही स्थानको मौसममा बदली, हल्कादेखि मध्यम पानी पर्ने सम्भावना

देशका केही स्थानको मौसममा बदली, हल्कादेखि मध्यम पानी पर्ने सम्भावना

नागरिक पाटी

४, भाद्र २०७७
  • 4.0K
    SHARES
  • देशका केही स्थानको मौसममा बदली, हल्कादेखि मध्यम पानी पर्ने सम्भावना

    काठमाडौं । बिहीबार देशका केही स्थानको मौसममा बदली भई हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले मनसुनी न्युन चापीय रेखा नेपालको दक्षिण तर्फ अवस्थित रहेको छ ।

    आज दिउँसोपछि देशभर सामान्य बदली भई मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।त्यस्तै आज बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमका केही स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको छ।

    images
    images

    आज राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको छ । भने बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका स्थानहरुमा ठुलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

    देशका केही स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेकोले नदीमा पानीको बहाव बढ्ने र पहाडी क्षेत्रमा पहिरो जाने स्थानमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ४, २०७७ बिहिवार - ०८:१०:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology