धादिङ । धादिङको गजुरी गाउँपालिका भदौ ९ गते सम्मको लागि बन्द गरीएको छ । बिहिबार गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतको अध्यक्षतामा सम्पन्न भएको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणको लागि भदौ ९ गते सम्म बन्द गर्ने निर्णय भएको अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले जानकारी दिनुभयो ।
गाउँपालिका स्तरिय विपद व्यवस्थापन समितिको बैठक बसी जिल्लाले गरेको निषेधाज्ञालाई पुर्ण पालन गराई पालिका भित्रका अत्यावश्यक पसल बाहेर अन्य सबै पसलहरु बन्द गर्ने निर्णय भएको बस्नेतले जानकारी दिनुभयो । गाउँपालिकाले अत्यावश्यक बाहेकका होटल,रेष्टुरेन्ट, सहकारी, शैक्षिक संस्था लगाएतका व्यवसायहरु बन्द गर्न आग्रह गरेको छ। साथै नापालिकाकाले लगाएको निमयलाई उलंघन गरेको पाईएमा व्यक्तिलाई र संघसंस्थाहरुलाई कारबाही गरिने पनि नियर्ण भएको छ ।
बैठकले गरेको निर्णहरुः–
