शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

उपत्यकामा निषेधाज्ञाको प्रभावले गर्दा नौबिसे - नागढुंगा सडकमा ट्रकहरु अलपत्र

उपत्यकामा निषेधाज्ञाको प्रभावले गर्दा नौबिसे - नागढुंगा सडकमा ट्रकहरु अलपत्र

नागरिक पाटी

५, भाद्र २०७७
  • 9.3K
    SHARES
  • उपत्यकामा निषेधाज्ञाको प्रभावले गर्दा नौबिसे - नागढुंगा सडकमा ट्रकहरु अलपत्र

    काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै ट्रक चालक काठमाडौँ र धादिङको सिमानामा अलपत्र परेका छन् । काठमाडौँ भक्तपुर, ललितपुर, जिल्लाले बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरेपछि मालवाहक ट्रक नाकामै नै अलपत्र परेका हुन् ।

    images
    images

    नौविसे–नागढुङ्गा अन्तरगत त्रिभुवन राजपथको सडक दायाँबायाँमा रहेका ५ सयभन्दा बढी ट्रक पार्किङ्ग गरेर बसेका छन् । मगंलबारदेखि सामाग्री लोड गरेपछि उपत्यकाकामा बुधवारदेखि निषेधाज्ञा जारी गरेपछि मालवाहक ट्रक नाकामै नै अलपत्र परेका हुन् ।

    अत्यावश्यक वस्तुबाहेक निर्माण सामग्री, लत्ताकपडालगायतका ढुवानीका सवारीलाई नागढुङ्गा नाकामा रोकेपछि अलपत्रमा परेको रसहजीकरणका लागि पहल भइरहेको नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र बिक्रम बानियाँले बताएका छन ।

    महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले अलपत्र परेका मालबाहक सवारीलाई सहज बनाउन कुरा भइरहेको र निर्देशन प्राप्त हुनासाथ सहजिकरण गर्ने बताए । 

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ५, २०७७ शुक्रवार - १५:०५:३२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology