शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एकैदिन कोरोना संक्रमणबाट ११ जनाको मृत्यु

एकैदिन कोरोना संक्रमणबाट ११ जनाको मृत्यु

नागरिक पाटी

५, भाद्र २०७७
  • 6.8K
    SHARES
  • एकैदिन कोरोना संक्रमणबाट ११ जनाको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यू भएको छ । यो कोरोनाबाट नेपालमा एकै दिन मृत्यू भएको अहिलेसम्मकै उच्च तथ्यांक हो । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३७ पुगेको छ । शुक्रबार मृत्यु हुनेमध्ये एक महिला र १० पुरुष रहेका छन् । मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठान गरेर ११ जिल्लामा एक एकजना गरेर ११ जनाको मृत्यु भएको हो ।

    images
    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २५० जना कोरोनाबाट निको भइ घर फर्किका छन्। यीसहित हालसम्म निको हुनेको संख्या १८ हजार २ सय १४ पुगेको छ। त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ३२ रहेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ५, २०७७ शुक्रवार - १६:४९:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology