शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला धुलिखेलमा स्थापना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला धुलिखेलमा स्थापना

नागरिक पाटी

७, भाद्र २०७७
  • 6.4K
    SHARES
  • प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला धुलिखेलमा स्थापना

    बनेपा। काभ्रेपलाञ्चोकको धुलिखेलमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला प्रयोगमा आएको छ। कोरोनाको सङ्क्रमणदर बढ्दै गएको अवस्थामा परीक्षणका लागि स्थापना गरिएको प्रयोगशालाको अवस्थाबारेमा बागमती प्रदेश सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी लिएका छन्।

    images
    images

    सो क्रममा मन्त्री दुलालले काभ्रेपलाञ्चोकलगायत आसपासका जिल्लामा सेवा कार्यालय स्थापना गर्ने सरकारको नीतिअनुसार प्रादेशिक प्रयोगशाला धुलिखेलमा स्थापना गरिएको बताए। प्रयोगशालाबाट विभिन्न रोगको परीक्षण र पहिचान गर्न सकिने गरी काम अगाडि बढाइएको उनले जानकारी दिए।

    प्रादेशिक जनस्वास्थ्य कार्यालयका निमित्त जनस्वास्थ्य निर्देशक नारायण कार्कीले हिजैदेखि मेसिनबाट परीक्षण शुरू गरिएको बताए। काभ्रेपलाञ्चोकलगायत सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र भक्तपुरलाई समेट्ने गरी स्थापना भएको प्रयोगशालामा दैनिकरूपमा ५०० भन्दा बढीको परीक्षण गर्न सकिने निमित्त निर्देशक कार्कीले जानकारी दिए।

    जनस्वास्थ्य प्रयोगशालाका लागि हाललाई नगरपालिकाले भवनको व्यवस्थापन गरेको र बाँकी पूर्वाधार नगरपालिका र प्रदेश सरकारको साझेदारीमा भएको धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जूले बताए। रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ७, २०७७ आइतवार - ०७:५२:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology