काठमाडौं। भारतको मध्य प्रदेशमा बनेको न्यून चापीय (वर्षा गराउने प्रणाली) क्षेत्रको असर घट्दै गएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालको मौसममा यसको प्रभाव सामान्य मात्र छ।
देशको अधिकांश स्थानहरूमा सामान्य बदली रही प्रदेश १, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एकरदुई स्थानहरूमा अहिले हल्का वर्षा भइरहेको छ।
आगामी २४ घण्टा प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकरदुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
ती स्थानहरू भएर बहने साना(ठूला नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू(क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले सतर्क रहन अनुरोध गरिएको छ।