शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेकपाको शनिबार सचिवालय बैठक बस्दै

नेकपाको शनिबार सचिवालय बैठक बस्दै

नागरिक पाटी

१०, भाद्र २०७७
  • 6.3K
    SHARES
  • नेकपाको शनिबार सचिवालय बैठक बस्दै

    काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक शनिबार बस्‍ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो मंगलबार भएको छलफलले शनिबार सचिवालय राख्‍ने निर्णय गरेको हो। भदौ १३ गते शनिबार बिहान ११ बजे सचिवालय बस्‍ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले गत शुक्रबार कार्यदले बुझाएको प्रतिवेदनमा छलफल हुने उनले बताए।
    पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि ओली दाहालले महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। कार्यदलले एक साता छलफल पछि १७ पृष्ठ लामो सुझाव प्रतिवेदन शनिबार बुझाइसकेको छ। त्यही प्रतिवेदनमाथि छलफल गर्ने सचिवालय बैठक बोलाएको हो। सचिवालय बैठकपछि कार्यदलले बुझाएको प्रतिवेदनबारे स्थायी कमिटीको बैठकमा छलफल हुनेछ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १०, २०७७ बुधवार - ०८:४४:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology