शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा लकडाउन अवधिभर २२ सयले गरे आत्महत्या

नेपालमा लकडाउन अवधिभर २२ सयले गरे आत्महत्या

नागरिक पाटी

१०, भाद्र २०७७
  • 18.0K
    SHARES
  • नेपालमा लकडाउन अवधिभर २२ सयले गरे आत्महत्या

    काठमाडौं । नेपालमा लकडाउन अवधिभर २२ सय भन्दा बढीले आत्महत्या गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार चैत ११ गतेबाट साउन ४ गतेसम्मको अवधिमा २२ सय १८ जनाले आत्महत्या गरेका हुन् ।

    images
    images

    यो अवधिमा सबैभन्दा बढी आत्महत्याका घटना प्रदेश नम्बर ५ मा देखिएको छ । प्रदेश ५ मा लकडाउनका ११७ दिनमा ४२९ जनाले आत्महत्या गरेका छन् । जसमध्ये २३४ जना पुरुष छन् भने १५७ जना महिला छन् । १२ जना बालक र २६ बालिका पनि छन् ।

    यस्तै प्रदेश १ मा ३७१ जनाले आत्महत्या गरेका छन् । जसमा १९३ जना पुरुष र १३५ जना महिला छन् । २१ बालक र २२ बालिका पनि छन् ।

    प्रदेश २ मा लकडाउनका ११७ दिनमा ३०५ जनाले आत्महत्या गरेका छन् । जसमध्ये ११७ पुरुष र ११२ महिला छन् । २६ बालक र ५० बालिकाले पनि आत्महत्याको बाटो रोजेका छन् ।

    वाग्मती प्रदेशमा ३८५ जनाले आत्महत्या गर्दा २१३ पुरुष र १४५ जना महिला छन् । १० बालक र १७ जना बालिकाले पनि आत्महत्या गरेका छन् ।

    गण्डकी प्रदेशमा लकडाउनका ११७ दिनमा २४६ जनाले आत्महत्या गरेका छन् । १४१ पुरुष र ८२ महिला छन् । ११ बालक र १२ बालिकाले आत्महत्या गरेका छन् ।

    सबैभन्दा आत्महत्या कम हुने प्रदेशमा कर्णाली परेको छ । लकडाउनको ११७ दिनको अवधिमा कर्णाली प्रदेशमा ११९ जनाले आत्महत्या गरेका छन् । जसमा ७० पुरुष र ३८ महिला छन् । ५ बालक र ६ बालिका छन् ।

    सुदूरपश्चिम प्रदेशमा ११७ दिनमा २०४ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा ११३ पुरुष, ७९ महिला, ६ बालक र ६ बालिका छन् ।

    यस्तै काठमाडौं उपत्यकामा १५९ जनाले आत्महत्या गरेका छन् । जसमा ९१ पुरुष, ६३ महिला, ३ बालक र २ बालिका छन् । यसरी ११७ दिनको औसत आत्महत्याको दर निकाल्ने हो भने दैनिक १८ जनाभन्दा बढीले आत्महत्या गरेको पाइएको छ ।

    लकडाउनबाहेक अन्य समयमा नेपालमा दैनिक १० देखि १४ जनासम्मले आत्महत्या गर्दै आएको प्रहरी तथ्याङ्‍कले देखाउँछ । नेपाल आत्महत्या गर्ने मुलुकमध्येको शीर्ष १०/१२ राष्ट्रभित्र पर्छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १०, २०७७ बुधवार - १५:१९:३५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology