शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोना सँक्रमितको सँख्या ३६ हजार बढि, थपिएका संक्रमित, कुन जिल्लामा कति ?

कोरोना सँक्रमितको सँख्या ३६ हजार बढि, थपिएका संक्रमित, कुन जिल्लामा कति ?

नागरिक पाटी

१२, भाद्र २०७७
  • 6.0K
    SHARES
  • कोरोना सँक्रमितको सँख्या ३६ हजार बढि, थपिएका संक्रमित, कुन जिल्लामा कति ?

    काठमाडौं । शुक्रबार थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भए सँगै कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले शुक्रबार उक्त जानकारी दिएका हुन् ।

    images
    images

    डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा इलामका एकजना, उदयपुरका एकजना,ओखलढुंगाका एकजना, झापाका १५ जना, पाँचथरका २ जना, मोरङका ४७ जना, संखुवासभाका २ जना, सुनसरीका ४१ जना, सोलुखुम्बुका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका २० जना, पर्साका एकजना, बाराका ४ जना, महोत्तरीका १३ जना, रौतहटका २१ जना, सप्तरीका ७ जना र सर्लाहीका १३ जना र सिरहाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ३५० जना, काभ्रेका १७ जना, चितवनका २६ जना, धादिङका १६ जना, नुवाकोटका ३ जना, भक्तपुरका ५४, मकवानपुरका ५१ जना, सरुवाका एकजना,ललितपुरका ११ जना, सिन्धुपाल्चोकका एकजना र सिन्धुलीका २ जनामा कोरोना पुष्टि भएको छ ।

    यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका १६ जना, गोरखाका एकजना, तनहुँका ४ जना, नवलपरासी पूर्वका ११ जना, लमजुङका २ जना र बाग्लुङका एकजनामा कोरोना पुष्टि भएको छ।

    यस्तै प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका २ जना,कपिलवस्तुका २ जना, दाङका एकजना, नवलपरासीका २ जना, बर्दियाका २ जना, बाँकेका ३६ जना, रुपन्देहीका ७२ जनामा कोरोना पुष्टि भएको छ ।

    डा गौतमका अनुसार कर्णाली प्रदेशका जिल्लाहरुमा जुम्लाका ६ जना, दैलेखका ११ जना र सल्यानका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा कंचनपुरका एकजना, कैलालीका ११ जना, डोटीका ९ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा थप १६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २० हजार २४२ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १२, २०७७ शुक्रवार - १६:५७:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology