शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोना अपडेट

देशभर थप ८८४ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै १८६ जना थपिए

देशभर थप ८८४ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै १८६ जना थपिए

नागरिक पाटी

१३, भाद्र २०७७
  • 5.1K
    SHARES
  • देशभर थप ८८४ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै १८६ जना थपिए

    धादिङ । पछिल्लो २४ घण्टामा ८८४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। २४२ महिला र ६४२ पुरुष गरेर २४ घण्टामा ८८४ जनामा संक्रमण पुष्टि भएको हो।

    images
    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार ११ हजार ५१६ जनाको पीसीआर परीक्षण गर्दा ८८४ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ।


    काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १८६ जना कोरोना संक्रमित भेटिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शनिवार उपत्यकाका जिल्लाहरू काठमाडौंमा १५५ जना, ललितपुरमा १९ जना र भक्तपुरमा १२ जना संक्रमित भेटिएका हुन्।

    यस्तै देशभर पछिल्लोव २४ घण्टामा ३१३ जना निको भएर घर फर्किएका छन्। यससँगै अहिलेसम्म २०५५५ जना संक्रमित निको भएर घर फर्किएका छन्। त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १६५७८ छ। त्यसमध्ये १०१४५ जना संस्थागत आइसोलेसन र ६४४५ जना होम आइसोलेसनमा रहेका छन्।
    पछिल्लो २४ घण्टामा १०९७१ वटा आरटी पीसीआर परीक्षण गरिएको छ मन्त्रालयले जनाएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १३, २०७७ शनिवार - १६:४४:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology