शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोनाको कारण एकैदिन १२ जनाको मृत्यु, मृतक संख्या २०७ पुग्यो

कोरोनाको कारण एकैदिन १२ जनाको मृत्यु, मृतक संख्या २०७ पुग्यो

नागरिक पाटी

१३, भाद्र २०७७
  • 5.1K
    SHARES
  • कोरोनाको कारण एकैदिन १२ जनाको मृत्यु, मृतक संख्या २०७ पुग्यो

    धादिङ। नेपालमा कोरोनाको कारण थप १२ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २०७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । मृत्यु हुनेमा ३ जना महिला र ९ जना पुरुष रहेका छन् ।

    images
    images

    मृत्यु हुनेमा पाल्पाकी ३० वर्षीया महिला, काठमाडौंकी ५१ वर्षीया महिला र भक्तपुरको ६२ वर्षीया एक महिला रहेका छन् ।

    त्यस्तै मृत्यु हुनेमा पुरुषहरुमा पर्साका ४८ र ३९ वर्षीय २ पुरुष, सिरहामा ८३ वर्षीय पुरुष, गोर्खामा ३८ वर्षीय पुरुष, कास्कीमा ५८ वर्षीय पुरुष, काठमाडौंमा ८३ वर्षीय पुरुष, ललितपुरमा ७२ र ६१ वर्षीय २ पुरुष र भक्तपुरमा ८२ वर्षीय पुरुष रहेका छन् ।

    नेपालमा पछिल्लो समय कोरोनाको कारण मृत्यु हुने दर बढिरहेको छ । हिजो मात्र नेपालमा कोरोनाको कारण एकैपटक १२ जनाको मृत्यु भएको थियो ।

    त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोनाको कुल संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको छ ।

    काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ५५, भक्तपुरमा १२ र ललितपुरमा १९ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

    पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । हिजो (शुक्रवार) मात्र काठमाडौं उपत्यकामा ४१५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    https://www.facebook.com/mohpnep/posts/971621779993008

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १३, २०७७ शनिवार - १६:५७:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology