शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङका थप ९ जनामा कोरोना सँक्रमण

धादिङका थप ९ जनामा कोरोना सँक्रमण

नागरिक पाटी

१३, भाद्र २०७७
  • 9.5K
    SHARES
  • धादिङका थप ९ जनामा कोरोना सँक्रमण

    धादिङ । धादिङका थप ९ जनामा कोरोना सँक्रमण भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवत्ता डा जागेश्वर गौतमका अनुसारका अनुसार धादिङका ९ जनामा सँक्रमण पुष्टि भएको हो । त्रिपुरासुन्दरी गाउँपालिकाका ८ जना र बेनिघाट रोराङ गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो। त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का १८,१८,२१,३०,३६ वर्षिय पुरुष र २१,२४ वर्षिय महिलामा कोरोना पुष्टि भएको छ ।

    images
    images

    त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ का २९ वर्षिय पुरुष र बेनिघाट रोराङ गाउँपालिकाका वडा नं ३ का ४५ वर्षिय महिलामा कोरोना पुष्टि भएको हो । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या २ सय ११ पुगेको छ ।

    यस्तै काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १८६ जना कोरोना संक्रमित भेटिएका छन्। मन्त्रालयले दिएको जानकारी अनुसार शनिवार उपत्यकाका जिल्लाहरू काठमाडौंमा १५५ जना, ललितपुरमा १९ जना र भक्तपुरमा १२ जना संक्रमित भेटिएका हुन्।

    नेपाल भर भने ८८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। २४२ महिला र ६४२ पुरुष गरेर २४ घण्टामा ८८४ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १३, २०७७ शनिवार - १७:०१:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology