शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

ई-कमर्स तथा अनलाइन डेलिभरी सेवालाई गरी खान देऊ : विवेकशिल नेपाली दल

ई-कमर्स तथा अनलाइन डेलिभरी सेवालाई गरी खान देऊ : विवेकशिल नेपाली दल

नागरिक पाटी

१३, भाद्र २०७७
  • 8.3K
    SHARES
  • ई-कमर्स तथा अनलाइन डेलिभरी सेवालाई गरी खान देऊ :  विवेकशिल नेपाली दल

    काठमाण्डौँ । विवेकशिल नेपाली दलले ई-कमर्स तथा अनलाइन डेलिभरी सेवालाई गरी खान दिन अनुरोध गरेको छ । एक विज्ञप्ती जारी गर्दै सो दलले ई-कमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालकहरूले निषेधाज्ञाको बेलामा डेलिभरी सेवा सुचारु गर्दै गरेको विषय राम्रो भएको भन्दै खाद्य तथा अन्य आवश्यक उपभोग्य सामानहरू डेलिभरी हुँदा आम नागरिकहरुलाई सहज भएकोमा यो कार्य रोक्नु राम्रो नभएको बताएको छ ।

    images
    images

    दलका उपाध्यक्ष अजीता राईद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा काठमाडौँका विभिन्न स्थानहरूबाट ई-कमर्स तथा अनलाइन डेलिभरी सेवा उद्यमीहरू, डेलिभरी गर्ने व्यक्तिहरू विना पक्राउ पुर्जी पक्राउ गर्ने र सवारी साधन नियन्त्रण लिने कार्य गृह मन्त्रालय अन्तर्गतका निकायहरूको मौखिक आदेशमा नेपाल प्रहरीबाट भएको भन्ने खबर प्रति विवेकशील नेपाली दलको ध्यानाकर्षण भएको जनाईएको छ ।

    सङ्क्रमणबाट जोगिन आवश्यक पर्ने सबैजसो मापदण्ड पूरा गर्दै महामारीमा सर्वसाधारणलाई सिर्जनशील तवरबाट सेवा सञ्चालन, र महामारीका बखत धेर-थोर रोजगारी सिर्जना गरिरहेका ई-कमर्स तथा अनलाइन डेलिभरी सेवालाई निरुत्साहित गर्ने कार्य कुनै सरकारी निकायबाट हुनु नहुने दलले जनाएको छ । विवेकशील नेपाली दलले ई-कमर्स तथा अनलाइन डेलिभरी सेवालाई गरी खाने वातावरण सिर्जना गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १३, २०७७ शनिवार - १८:४६:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology