शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

‘मेरो नशा नशामा तिमी...’ सार्वजनिक

‘मेरो नशा नशामा तिमी...’ सार्वजनिक

सफलता आचार्य

१३, भाद्र २०७७
  • 11.1K
    SHARES
  • ‘मेरो नशा नशामा तिमी...’ सार्वजनिक

    काठमाडौं । मोडल तथा नायक ओबी रायमाझी अभिनित गीत ‘मेरो नशा नशामा तिमी...’ सार्वजनिक भएको छ । उनले मोडल अञ्जना कँडेलसँग अन स्क्रिन रोमान्स गरेका छन् । क्रान्ति केसीको निर्देशन तथा निराजन के.सी.को सहायक निर्देशन रहेको गीतको भिडियो जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । कृष्ण काफ्ले र अस्मिता अधिकारीको स्वर रहेको गीतमा अम्बिका गुरुङको शब्द, अर्जुन पोखरेलको सङ्गीत रहेको छ ।

    images
    images

    अजय रेग्मीको छायाँकन रहेको गीतको भिडियो डाकोन पिक्चरले निर्माण गरेको हो । भिडियो ओ.बी. रायमाझीको यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । यस गीतलाई टिकटक प्रतियोगितामा राखिएको छ । भाद्र मसान्तसम्म जसको सबैभन्दा बढि टिकटक भिउज पुग्छ उसलाई २० हजार नगद पुरस्कार प्रदान गरिने भएको छ ।

    क्रान्ति केसीकै निर्देशन रहेको ‘शुभ बिवाह लेखेको मिनि बस’ गीतबाट यो क्षेत्रमा आएका ओबीले ‘आज रुनु प¥यो धेरै...’ ‘लाहुर...’ ‘औँठी बेरुवाको ...’ ‘आसि...’ ‘चिसो मैना पुसैको...’ ‘धौलागिरी हिमालको छाया...’ ‘शिन्दुर...’ ‘तिम्लाइ खुशी पार्न...’ ‘पिलि पिलि जुन्किरी...’ ‘तिमी हौ...’ लगायत थुप्रै गीत मार्फत दर्शकको मन जित्न सफल भएका छन् । उनी यतिवेला सफल मोडल तथा म्युजिक भिडियोका चर्चित नायक बन्न सफल छन् । हालै तीज गीत ‘सोचे झै जिन्दगी रैनछ...’, ‘मायालु आजैलाइ...’, ‘नरोउ नरोउ निर्माया...’ बाट ओबीको लोकप्रियता अझ थपिएको छ । ओबीले पछिल्लो पटक आफ्नै स्वरमा ‘लहै लहै...’ भन्ने गीतमा स्वर पनि दिएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १३, २०७७ शनिवार - १९:०४:२७ बजे

    सफलता आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology