शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थप १ हजार २ सय २१ जनामा कोरोना पुष्टि, दैनिक वृद्धिको यो सँख्या अहिले सम्मकै उच्च

थप १ हजार २ सय २१ जनामा कोरोना पुष्टि, दैनिक वृद्धिको यो सँख्या अहिले सम्मकै उच्च

नागरिक पाटी

१४, भाद्र २०७७
  • 8.6K
    SHARES
  • थप १ हजार २ सय २१ जनामा कोरोना पुष्टि, दैनिक वृद्धिको यो सँख्या अहिले सम्मकै उच्च

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १२२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ३८ हजार ५६१ पुगेको छ ।

    images
    images

    देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १२ हजार ७१७ जनाको पिसीआर परीक्षण गरिएकोमा १२२१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

    हालसम २० हजार ८२२ जना कोरोनाबाट मुक्त भइ घर फर्किएको गौतमले बताए । पछिल्लो २४ घण्टामा २६७ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १७ हजार ५१८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

    देशभर हाल १७ हजार ५१८ जना आइसोलेशनमा रहेको मन्त्रलयले जनाएको छ । त्यस्तै देशभरका क्यारेन्टिनहरुमा हाल ७ हजार ७९७ जना रहेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १४, २०७७ आइतवार - १६:४८:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology