शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

शैक्षिक संस्था, हवाई उडान र लामो दूरीका यातायात भदौ मसान्तसम्म बन्द

शैक्षिक संस्था, हवाई उडान र लामो दूरीका यातायात भदौ मसान्तसम्म बन्द

नागरिक पाटी

१५, भाद्र २०७७
  • 6.7K
    SHARES
  • शैक्षिक संस्था, हवाई उडान र लामो दूरीका यातायात भदौ मसान्तसम्म बन्द

    धादिङ । शैक्षिक संस्था र लामो दूरीका यातायात भदौभर नखुल्ने भएका छन्। आइतवार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको एकजना मन्त्रीले जानकारी दिएका छन् देशमा कोरोना भाइरस तीव्र गतिमा फैलिन थालेपछि मानिसको ओहोरदोहोर रोक्न र भिड जम्मा हुन नदिन लामो दूरीका यातायात र शैक्षिक संस्था भदौ मसान्तसम्म बन्द नै राख्‍ने निर्णय भएको मन्त्रीले जानकारी दिएका छन्।

    images
    images

    त्यसैगरी सरकारले आन्तरिक हवाई उडान पनि भदौ मसान्तसम्म नै नखोल्ने निर्णय गरेको छ। हवाई कम्पनीहरुले उडान सञ्चालनको पूर्वतयारी गरिरहँदा सरकारले भने भदौ १५ सम्म रहेको उडान स्थगनलाई बढाएर मसान्तसम्म पुर्‍याएको हो। साउन ७ गते लकडाउन खुलेसँगै सरकारले शैक्षिक संस्था खुलाउने तयारीस्वरुप सरकारी शिक्षकहरुलाई विद्यालयमा हाजिर हुन भनेको थियो। तर लकडाउन खुलेसँगै कोरोना भाइरस तीव्र गतिमा फैलिएपछि शैक्षिक संस्था खुल्ने अझै टुंगो भएको थिएन। यस्तोमा भदौ मसान्तसम्म नखुल्ने निर्णय भएको हो। फाइल तस्बिर

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १५, २०७७ सोमवार - ०७:४४:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology