शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालका १२ जिल्लामा कोरोना संक्रमण समुदाय स्तरमा पुगेको आँकलन

नेपालका १२ जिल्लामा कोरोना संक्रमण समुदाय स्तरमा पुगेको आँकलन

नागरिक पाटी

१६, भाद्र २०७७
  • 7.4K
    SHARES
  • नेपालका १२ जिल्लामा कोरोना संक्रमण समुदाय स्तरमा पुगेको आँकलन

    काठमाण्डौं । जनस्वास्थ्यविद्ले कोभिड-१९ का ५०० भन्दा बढी सङ्क्रमण भएका जिल्लालाई नियन्त्रण गर्न सके अरु जिल्लामा फैलन नसक्ने बताएका छन्। स्वास्थ्य तथा जनसख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा जनस्वास्थ्यविद् डा सुरेश तिवारीले १२ जिल्लामा सङ्क्रमण समुदायस्तरमा नै पुगेकाले हटस्टप बनेको भन्दै नियन्त्रण गर्नुपर्ने बताए।

    images
    images


    ‘ती १२ जिल्ला सङ्क्रमणको हटस्पट भएको छ, त्यहाँ सङ्क्रमण समुदायस्तरमा पुगेको हामीले आकलन गरेका छौं,’ उनले भने। मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्देही जिल्लामा ५०० भन्दा बढी संक्रमित रहेका छन्। आज एकै दिन एक हजार ६९ जनामा सङ्क्रमण देखिएको छ। अहिलेसम्म ४० हजार ५२९ जनामा सङ्क्रमण देखिएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १६, २०७७ मंगलवार - २०:४७:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology