धादिङ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
नया थपिएका संक्रमित मध्ये ३२० जना महिला र ८०० जना पुरुष रहेका छन् । मन्त्रालयका अनुसार मुलुकभर सक्रिय संक्रमितको संख्या १८ हजार १०८ रहेको छ ।
कहाँ कति थपिए ?
डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा उदयपुरका एकजना, ओखलढुंगाका २ जना, खोटाङका एकजना, झापाका ११ जना, धनकुटाका २ जना पाँचथरका एकजना,भोजपुरका ३ जना, मोरङका ५३ जना, सुनसरीका ७२ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ६३ जना, पर्साका ४९ जना, बाराका २३ जना, महोत्तरीका ३१ जना, रौतहटका १८ जना, सप्तरीका १२ जना, सर्लाहीका ५० जना, सिरहाका १५ जनामा कोरोना पुष्टि भएको छ ।
डा गौतमका अनुसार बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ३५० जना, काभ्रेका एकजना, चितवनका ४३ जना, धादिङका २ जना, नुवाकोटका एकजना, भक्तपुरका ९ जना, मकवानपुरका ३३जना, रामेछापका २ जना, ललितपुरका २९जना, सिन्धुपाल्चोकका २ जना र सिन्धुलीका एकजनामा कोरोना पुष्टि भएको छ ।
यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका २४ जना, गोरखाका एकजना, तनहुँका ४ जना, नवलपरासी पूर्वका १६ जना,पर्वतका एकजना, लमजुङका १९ र स्याङ्जाका एकजनामा कोरोना पुष्टि भएको छ ।
यस्तै प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका एकजना, दाङका ६ जना, नवलपरासीका ३ जना, पाल्पाका एकजना, प्युठानका २ जना,बर्दियाका ५ जना, बाँकेका ४१ जना, रुपन्देहीका २७ जना र रोल्पाका एकजनामा कोरोना पुष्टि भएको छ ।
यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमाम कालिकोटका २१ जना, जुम्लाका ३७ जना, दैलेखका एक जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका एकजना, कंचनपुरका ३ जना, कैलालीका १३ जना, डडेल्धुरका एकजना, बझाङका ९ जना र बैतडीका एक जनामा कोरोना पुष्टि भएको छ ।