धादिङ । धादिङमा कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ । धादिङको सिद्धलेक गाउँपालिका वडा नं ६ का ४७ वर्षिय पुरुषको कोरोना संक्रमण बाट मृत्यु भएको छ । मंगलबार पाटन अस्पतालमा मृत्यु भएका ति पुरुषको आज आएको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले बताउनु भयो ।
मृतक पुरुषमा मृगौलाको समस्या र निमोनियाका कारण करिव २ महिना देखी उपचाररत रहेको खुलेको छ । यो सँगै धादिङमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २ पुगेको छ।