शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा कोरोनाबाट थप ६ जनाको मृत्यु, मृत्यु हुनेको संख्या २५७ पुग्यो

नेपालमा कोरोनाबाट थप ६ जनाको मृत्यु, मृत्यु हुनेको संख्या २५७ पुग्यो

नागरिक पाटी

१८, भाद्र २०७७
  • 4.4K
    SHARES
  • नेपालमा कोरोनाबाट थप ६ जनाको मृत्यु, मृत्यु हुनेको संख्या २५७ पुग्यो

    धादिङ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप ६ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ६ जना महिला र २ जना पुरुष रहेका छन् ।

    images
    images

    मृत्यु हुने महिलामा चितवन, भक्तपुर, तनहुँ र रुपन्देहीका एक एक महिला रहेका छन् । त्यस्तै सिन्धुपाल्चोक र रुपन्देहीका का एक एक जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

    योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर ३९४ महिला र ८३४ पुरुषसहित १२ सय २८ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १८, २०७७ बिहिवार - १७:०१:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology