धादिङ । नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ । आज देशभर बिभिन्न स्थानमा गरिएको परिक्षणमा थप १ हजार २ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभयो । सङ्क्रमितमध्ये पछिल्लो २४ घण्टा भित्र ९ सय १७ जना डिस्चार्ज भएका छन । कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या २४ हजार २ सय ७ जना पुगेको छ ।
देशभर २४ घण्टामा १३ हजार ४ सय १३ जनाको पीसिआर परिक्षण गरिएको डा.गौतमले बताउनुभयो । अहिले देशभर १८ हजार ४ सय १३ सक्रिय संक्रमित रहेका छन् भने ६ हजार ७ सय ४९ जना क्वारेन्टाईनमा रहेका छन् ।