शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपाको निर्णय

गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपाको निर्णय

नागरिक पाटी

१८, भाद्र २०७७
  • 8.1K
    SHARES
  • गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपाको निर्णय

    काठमाडौं । नेकपाको सचिवालय बैठकले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्ने निर्णय गरेको छ । यसअघिको सहमति अनुसार उनलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरिएको हो । राष्ट्रपतिले मनोनित गर्ने १ सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गरिने निर्णयसँगै अर्थमन्त्री युवराज खतिवडाको पद सकिने सम्भावना देखिएको छ । खतिवडा राष्ट्रपतिको सिफारिसमा मन्त्री बनेका हुन् ।

    images
    images

    राष्ट्रियसभामा राष्ट्रपतिले मनोनीत गर्ने कोटामा नियुक्त भएका अर्थमन्त्री युवराज खतिवडाको २ वर्षे कार्यकाल गत फागुन २० गते सकिएको थियो । सांसद नभए पनि ६ महिनासम्म मन्त्री हुने पाउने संवैधानिक व्यवस्था अनुसार खतिवडा अब आउँदो शनिबारसम्म मात्र मन्त्री हुन पाउनेछन् । यस अवधिमा संघीय संसदको सदस्य नभए उनी स्वतः पदमुक्त हुने कानुनी व्यवस्था छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १८, २०७७ बिहिवार - १८:४१:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology