शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रधानमन्त्रीको मन्त्रीहरुलाई आग्रह : "हल्लाका पछि नलाग्नुस्, तत्काल मन्त्रिपरिषद्मा हेरफेर हुँदैन"

प्रधानमन्त्रीको मन्त्रीहरुलाई आग्रह : "हल्लाका पछि नलाग्नुस्, तत्काल मन्त्रिपरिषद्मा हेरफेर हुँदैन"

नागरिक पाटी

१९, भाद्र २०७७
  • 7.0K
    SHARES
  • प्रधानमन्त्रीको मन्त्रीहरुलाई आग्रह : "हल्लाका पछि नलाग्नुस्, तत्काल मन्त्रिपरिषद्मा हेरफेर हुँदैन"

    ठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद्मा हेरफेर नहुने बताएका छन् । अर्थमन्त्री डा। युवराज खतिवडाले पदबाट राजीनामा दिने जानकारी गराएर मन्त्री परिषद् बैठकबाट बाहिरिएपछि ओलीले मन्त्रीहरुलाई ढुक्कसँग काम गर्न निर्देशन दिएका हुन् । आजको मन्त्री परिषद् बैठक सकिएको छ भने खतिवडाले आजै राजीनामा दिने जानकारी दिएका छन् ।

    images
    images

    यता पार्टी शीर्ष नेतृत्वबीच मन्त्री परिषदमा हेरफेर गर्ने बारेमा परामर्श जारी रहेको थाहा भएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसमा चासोका साथ सक्रिय रहेका छन् । कार्यदलको सुझाव बमोजिम नै मन्त्री परिषद हेरफेर गरेर नयाँ पुराना नेतालाई जिम्मेवारी दिने उनीहरुको तयारी रहेको बताईएको छ ।

    नेकपा सचिवालय बैठकले राष्ट्रिय सभामा खाली रहेको एक सांसद् पदका लागि पार्टी उपाध्यक्ष बामदेव गौतमलाई पठाउने निर्णय गरेपछि मन्त्री खतिवडाले पदबाट राजिनामा दिन लागेका हुन् । गौतम संसदमा प्रवेश गरेपछि सरकारमा समेत महत्वपूर्ण जिम्मेवारी लिन चाहन्छन् ।

    अर्थमन्त्री खतिवडाले राजिनामा दिए पनि तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने भएकाले ढुक्क भएर काम गर्न प्रधानमन्त्रीको निर्देशन भएपनि मन्त्रीहरु ढुक्क देखिँदैनन् । ओलीले मन्त्रीहरुलाई हल्लाको पछि नलागी काममा जुट्न पनि निर्देशन दिएका छन् । - Saral

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १९, २०७७ शुक्रवार - १६:१०:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology