शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

उद्योगी व्यवसायीको दुग्ध क्षेत्रमा २० अर्ब नोक्सानी

उद्योगी व्यवसायीको दुग्ध क्षेत्रमा २० अर्ब नोक्सानी

नागरिक पाटी

२१, भाद्र २०७७
  • 7.2K
    SHARES
  • उद्योगी व्यवसायीको दुग्ध क्षेत्रमा २० अर्ब नोक्सानी

    काठमाडौं । कोभिड–१९ को महामारीले गरेको लकडानका कारण डेरी तथा उद्योग क्षेत्रमा करिब २० अर्बको नोक्सानी भएको छ । लकडाउनका कारण दुग्ध क्षेत्रको ६० प्रतिशत बजार गुमेको उद्योगी व्यवसायीले २० अर्बको नोक्सानी बेहोर्नुपरेको हो । गत ११ चैतदेखि हालसम्म दुग्ध क्षेत्रको ६० प्रतिशत बजार गुम्दा २० अर्ब रुपैयाँ बढी नोक्सानी भएको उद्योगी व्यवसायीले बताए ।

    images
    images

    एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् ९अनाज०ले आयोजना गरेको भर्चुअल अन्तत्र्रिmया कार्यक्रममा व्यवसायीले सो कुरा बताएका हुन् । बाग्मती प्रदेशका भूमि, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले कोरोना महामारीका कारण डेरी क्षेत्रमासँगै किसानलाई पनि निकै समस्या भएको बताए । उनले दुग्ध क्षेत्रको उद्योगी र किसानसम्मको समस्या समाधानतर्फ जानुपर्ने बताए ।

    केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले कोरोना महामारीका कारण किसानको दुधमा ३० प्रतिशत ह्रास आएको बताए । उनले भने, ‘देशभरि सहकारीमा ६ लाख लिटर दुध संकलन हुन्छ, त्यसमा अहिले ३० प्रतिशत कमी आएको छ । यसले गर्दा किसानलाई ठूलो समस्या भएको छ, । किसानले डेरी उद्योगीबाट चार महिनादेखि भुक्तानी नपाएको गुनासो छ भने अर्कोतिर किसानको दूध बिक्री भइरहेको छैन । बिक्री भएको दुधको भुक्तानी नपाइरहेको अवस्थामा किसान साह्रै मर्कामा परेका छन् । तर, सरकारले भने कुनै ध्यान नदिएको छैन ।

    उनले भने, ‘डेरी उद्योग पूर्ण रूपमा सञ्चालनमा छन् तर उद्योगीले किसानको दूध खरिद नगरेको गुनासो किसानको छ । अहिले किसानको दूध लिएर पाउडर बनाएर राख्दा पनि हुन्छ । तर उद्योगीहरूले त्यस्तो नगरेर किसानको दूध उठाउन छोडेको अध्यक्ष देवकोटाले बताए । राजधानी दैनिकमा खबर छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २१, २०७७ आइतवार - ०७:५६:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology