शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आज १०७ औँ विपी जयन्ती मनाइँदै

आज १०७ औँ विपी जयन्ती मनाइँदै

नागरिक पाटी

२४, भाद्र २०७७
  • 9.0K
    SHARES
  • आज १०७ औँ  विपी जयन्ती मनाइँदै

    धादिङ। आज प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता विश्‍वेश्‍वरप्रसाद कोइराला (विपी)को १०७ औँ जन्म जयन्ती मनाइँदैछ ।

    images
    images

    जन्म जयन्तीको अवसरमा कांग्रेस र भ्रातृ संगठनले जिल्ला-जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरेका छन्। कोरोना महामारीका कारण भौतिक दूरी कायम गर्दै भर्चुअल रूपमा कार्यक्रमहरू सञ्‍चालन गरिने नेपाली कांग्रेसले जनाएको छ।

    नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका विपीको जन्म विक्रम संवत् १९७१ भदौ २४ गते भएको थियो। कोइरालाको नेपाली साहित्यमा पनि महत्वपूर्ण योगदान छ।

    २०१५ सालको निर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत ल्याएपछि कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका थिए। विपीको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक मानिन्छ। ६ साउन २०३९ मा उनको निधन भएको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २४, २०७७ बुधवार - ०८:२५:३२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology