शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५० हजार बढि, डिस्चार्ज हुनेको सङ्ख्या ३५ हजार सात सय पुग्यो

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५० हजार बढि, डिस्चार्ज हुनेको सङ्ख्या ३५ हजार सात सय पुग्यो

नागरिक पाटी

२५, भाद्र २०७७
  • 5.9K
    SHARES
  • नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५० हजार बढि, डिस्चार्ज हुनेको सङ्ख्या ३५ हजार सात सय पुग्यो

    काठमाण्डौ । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५० हजार नाघेको छ । गएको २४ घण्टामा एक हजार दुई सय ४६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भए सँगै सङ्क्रमितको सङ्ख्या ५० हजार चार सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    images
    images

    पछिल्लो २४ घण्टामा ११ हजार एक सय ४४ जनाको पीसीआर विधिमार्फत परीक्षण गरिएको थियो । यस्तै एक हजार आठ सय १८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ३५ हजार सात सय पुगेको छ । अब नेपालमा १४ हजार चार सय ४८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच हजार आठ सय ६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

    यस्तै मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार गएको २४ घण्टामा पाँच जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय १७ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २५, २०७७ बिहिवार - १८:१५:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology