काठमाण्डौ । काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घण्टामा पाँच सय ७२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाण्डौमा चार सय सय ९५ , ललितपुरमा ४३ र भक्तपुरमा ३४ जनामा सङ्क्रमण पुष्टि भएको हो । बिहीबार थपिएकासँगै उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार १२ पुगेको छ ।
यस्तै गएको २४ घण्टामा नेपालमा एक हजार दुई सय ४६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या ५० हजार चार सय ४६ पुगेको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार गएको २४ घण्टामा पाँच जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय १७ पुगेको छ ।