धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं ३ का ३६ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै धादिङमा जम्मा संक्रमितको संख्या २ सय ८३ पुगेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यस्तै धादिङका थप २ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै निको हुनेको कुल संख्या १ सय ७६ पुगेको छ ।