शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आयुर्वेद विज्ञसँग बालुवाटारमा ओली र प्रचण्डको छलफल

आयुर्वेद विज्ञसँग बालुवाटारमा ओली र प्रचण्डको छलफल

नागरिक पाटी

२५, भाद्र २०७७
  • 6.3K
    SHARES
  • आयुर्वेद विज्ञसँग बालुवाटारमा ओली र प्रचण्डको छलफल

     तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

    images
    images

    धादिङ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रणमा आयुर्वेद चिकित्साको महत्त्वका विषयमा बिहीबार बालुवाटारमा छलफल भएको छ।


    कोभिड-१९ को उपचार र नियन्त्रणमा अपेक्षित भूमिकाका निम्ति आयुर्वेदिक क्षेत्रका विज्ञहरूसँग बालुवाटारमा विशेष छलफल र परामर्श गर्दै उहाँले आयुर्वेदभित्रै योगा पनि पर्ने बताउनु भयो । उहाँले भन्नुभयो - आयुर्वेद खासमा औषधि र आरोग्य विज्ञान दुबै हो ।
    उहाँले मेशीनहरू एलोपेथिक नभएको प्रष्ट पार्नुहुँदै आयुर्वेदमा आधुनिक प्रविधि, अनुसन्धान र औद्योगिकरणको प्रक्रिया मिसाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।


    आयुर्वेद क्षेत्रलाई उपेक्षा गर्ने क्रम हटाउन नै सरकारले योगमाया विश्वविद्यालय स्थापना गरेको र यसमार्फत भविष्यमा सिंगो विश्वको ध्यानाकर्षण गरी आयुर्वेद र योगाको विकास गर्ने लक्ष राखिएको उल्लेख गर्नुभयो ।


    निरोगी नेपाल निर्माणमा आयुर्वेदको भूमिका व्यापक बढाउन सरकार दृढ रहेको धारणाका साथ प्रधानमन्त्रीले पटकपटक स्मरण गर्नुभयो ( हाम्रा पूर्वजहरूले औषधिमय खानपानको प्रबन्ध मिलाएका, ताजा खानेकुरा खाने परम्परा बसाएका र लामो अनुुभव र प्रयोगबाट औषधिमय तत्वको पहिचान र प्रयोग गरेका बताउनुभयो ।


    कोभिड नियन्त्रणमा आयुर्वेदलाई प्रयोगात्मक मात्रै नबबनाउन र यसको प्रयोगलाई बढाउन समेत सबैको ध्यानाकर्षण गराउनुभयो ।
    पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालूप्रचण्डू का साथ विज्ञहरूसँग तीन घण्टा सुझाव लिनुभएका प्रधानमन्त्रीले आयुर्वेद उपचारमा हाल गरिरहेका कामहरू र उपयोगी घरेलु विधिहरूको सम्मान गर्न तथा संचारमाध्यमबाट त्यसको व्यापक प्रचारप्रसार गर्न पनि जोड दिनुभयो ।


    उक्त अवसरमा आयुर्वेद विभागका महानिर्दैशक वासुदेव उपाध्याय, डा.ऋषिराम कोइराला, डा.प्रदीप केसी, विनोद पौडेल, डा.रामआधार यादव, डा.सन्तोष ठाकुर, प्रा.डा.डीबी रोका, डा.शिवमंगल प्रसाद, डा.प्रकाश ज्ञवाली र डा.धनिकलाल भर्खरलगायतले आआफ्ना धारणा राख्नुहुँदै प्रधानमन्त्रीको तहबाट आयुर्वेदिक क्षेत्रलाई महत्व दिएर पहिलोपटक परामर्श गरिएकोमा विशेष आभार र धन्यवाद ज्ञापन गर्नुभएको थियो ।


    पार्टीका अर्का अध्यक्ष प्रचण्डले यस कार्यक्रममा प्रधानमन्त्रीले सहभागी गराउनुभएकोमा धन्यवाद ज्ञापन गर्दै दुबै अध्यक्षलाई गंभीर ढंगले घच्घच्याउने काम गरेको अनुभूति राख्नुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २५, २०७७ बिहिवार - २१:२८:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology