शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गएको असार १० देखि शुरु भएको नेकपाको स्थायी कमिटी बैठक आजबाट अन्त्य

गएको असार १० देखि शुरु भएको नेकपाको स्थायी कमिटी बैठक आजबाट अन्त्य

नागरिक पाटी

२६, भाद्र २०७७
  • 5.9K
    SHARES
  • गएको असार १० देखि शुरु भएको नेकपाको स्थायी कमिटी बैठक आजबाट अन्त्य

    काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ। गएको १० असारदेखि शुरु भएको स्थायी कमिटी बैठक आजबाट अन्त्य गरिएको हो। अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकमा पेश गरेको प्रतिवेदन पारित गर्दै बैठक सकिएको हो। पार्टी विवाद समाधान गर्न महासचिव बिष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित कार्यदलले बुझाएको प्रतिवेदन अध्यक्षद्वयले परिमार्जन गर्दै बैठकमा पेश गरेका थिए।

    images
    images

    उक्त प्रतिवेदनलाई पारित गर्दै बैठक समापन गरिएको स्थायी कमिटी सदस्य किरण गुरुङले बताए। बैठकको उद्घाटन मन्तव्य राखेर प्रधानमन्त्री एवम् अध्यक्ष ओली बाहिरिएपछि अर्का अध्यक्ष दाहालले बैठकको समापन गरेको जनाईएको छ ।

    प्रतिवेदनमा एकताको महाधिवेशनसम्म अध्यक्ष र पाँच वर्ष प्रधानमन्त्री ओली रहने, तर पार्टीको कार्यकारी अध्यक्ष भने दाहाल रहने उल्लेख गरेको छ। पार्टी विवाद उत्कर्षमा पुगेपछि गएको २९ साउनमा पौडेलको संयोजकत्वमा कार्यदल बनेको थियो। उक्त कार्यदलले ६ भदौमा दिएको प्रतिवेदन अनुसार, नेकपा अब महाधिवेशनतिर केन्द्रीत हुनेछ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २६, २०७७ शुक्रवार - १६:५३:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology