शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोनाका कारण थप ५ जनाको मृत्यु

कोरोनाका कारण थप ५ जनाको मृत्यु

नागरिक पाटी

२६, भाद्र २०७७
  • 3.5K
    SHARES
  • कोरोनाका कारण थप ५ जनाको मृत्यु

    काठमाण्डौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२२ पुगेको छ। मृत्यु हुनेमा मोरङमा ४० वर्षीया महिला, महोत्तरीमा ६५ वर्षीय पुरुष, धनुषामा ४५ वर्षीय पुरुष, काठमाडौंमा ७० वर्षीय पुरुष र नवलपरासिमा ५५ वर्षीय पुरुषको मृत्यु भएको छ।

    images
    images

    पछिल्लो २४ घण्टामा मुलुकमा थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या ५१९१९ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ९७२ जना निको भएर घर फर्किएका छन्। यससँगै हालसम्म निको हुने कोरोना संक्रमितको संख्या ३६६७२ पुगेको छ।

    हाल मुलुकमा १४९२५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने त्यसमध्ये ८२९१ जना मात्रै संस्थागत आइसोलेसनमा रहेका छन्। क्वारेन्टिनमा १४५४ जना रहेका छन्। हाल १७० जना आईसीयूमा र २५ जना भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। 

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २६, २०७७ शुक्रवार - १७:१६:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology