काठमाण्डौँ । कोरोना संक्रमणबाट काठमाडौंका ६ सहित थप नौ जनाको मृत्यु भएको छ । काठमाडौंका दुई महिला र चार पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी मोरङका एक पुरुष, सिन्धुपाल्चोकका एक पुरुष र कास्कीकी एक महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए ।संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या तीन सय ४५ पुगेको मन्त्रालयले जनाएको छ ।