शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

देशभर कुन जिल्लामा कति सँक्रमित थपिए ?

देशभर कुन जिल्लामा कति सँक्रमित थपिए ?

नागरिक पाटी

२९, भाद्र २०७७
  • 5.1K
    SHARES
  • देशभर कुन जिल्लामा कति सँक्रमित थपिए ?

    काठमाण्डौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७० जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५५ हजार ३२९ पुगेको छ।

    images
    images

    स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका २, ओखलढुङ्गाका १९, झापाका ७, भोजपुरका २, मोरङका ३२, सुनसरीका ४६, धनुषाका ६, पर्साका ९, बाराका १२, महोत्तरीका १, सप्तरीका २, सर्लाहीका २, सिराहाका ३४, काठमाडौँका ४४०, काभ्रेका १८, चितवनका ३१, दोलखाका १, धादिङका ८, नुवाकोटका ३, भक्तपुरका ४३, मकवानपुरका १४, रामेछापका १, ललितपुरका २९, सिन्धुलीका १, कास्कीका ५४, गोर्खाका १०, तनहुँका १७, नवलपरासीपुर्वका २, लमजुङका ४, बागलुङका २, स्याङजाका २, अर्घाखाँचीका १, कपिलवस्तुका ६, गुल्मीका २, दाङका ४५, नवलपरासीका ७, पाल्पाका ७, बाँकेका २४, रुपन्देहीका ८१, रोल्पाका २, कालिकोटका १, जाजरकोटका २, दैलेखका ७, सल्यानका २, सुर्खेतका ३९, अछामका ५, कञ्चनपुरका ३, तथा कैलालीका ७० जनामा संक्रमण पुष्टि भएको हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ८७९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा १० हजार ८७८ जनाको पीसीआर परीक्षण भएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ रहेको छ। हाल ६ हजार ८९२ जना क्वारेन्टिनमा छन्। स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १७९ जनाको आईसीयुमा र २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २९, २०७७ सोमवार - १८:०५:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology